बैशाख १८ गते सम्म अन्तर्राष्ट्रिय उडान बन्द

तामसालिङ खबर
२६ चैत्र २०७६, बुधबार ०६:२७

चैत्र, काठमाडौँ – गत चैत ९ गते मध्य राति देखि रोक लगाइएको अन्तर्राष्ट्रिय उडान सेवालाई सरकारले बैशाख १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए । आन्तरीक उडान बैशाख ३ गते सम्म बन्द गरिएको छ ।

यो निर्णयले कमर्सियल उडानलाई रोक लगाएको छ । तर, उद्धार मेडिकल लगायत मानवीय सहायता सम्बन्धी चार्टर र कार्गो उडान भने सञ्‍चालन हुने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*