सिन्धुलीमा समाजिक सुरक्षा भत्ता वितरण
चैत्र, सिन्धुली – सिन्धुलीको कमलामार्ई नगरपालिकाद्वारा शंकटको समयमा नगरबासीलाई अग्रिम दुई महिनाको समाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । कोरना भाइरसले गर्दा १४ दिनदेखि देश लकडाउनमा चलिरहेको अवस्थामा कमलामाई नगरपालिकाले जेष्ठनागरिक, अपाङ्ग, आसहाय, एकल महिला तथा विपन्न वर्गलाई दुई महिना पछि सम्मको समाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
सोमबार नगरपालिकाको वडा न. ६ को नुनथला र ७ को बुद्धनगरका जेष्ठ नागरिकको घरमा नै पुगेर नगर प्रमुख खड्ग खत्रीले समाजिक सुरक्षा भत्ता वितरणको शुरुवात गर्नुभयो । लकडाउको समयमा बैंक मार्फत वितरण गर्दा लकडाउन उल्लंघन हुनका साथै भिडभाड बढ्ने भएकाले वडामार्फत सबैको घर-घरमा पुर्याउने नगर प्रमुख खत्रीले बताउनु भयो ।
नगरपालिकाभित्र बसोबास गर्ने कुनै पनि परिवार भोकै बस्नुु नपरोस र चुलो निभ्न नदिने र तत्काल नगरपालिकाले राहत दिने समेत उहाले बताउनु भयो । मंगलबारबाट शुरु गरिएको सामाजिक सुरक्षा भत्ता नगरपालिकाका १४ वटै वडामा वितरण गरिने नगरपालिका प्रवक्ता कर्ण घिसिङ्गले जानकारी दिनुभयो । घिसिङ्गका अनुसार ३ करोड ६७ लाख ९९ हजार २ सय रुपैयाँ नगरबासीको हातमा जाने छ भने, ७ हजार ६ सय दुइजना लक्षित वर्ग लाभान्वित हुनेछन् । – जनता समाचार डटकमबाट