कोरोना भाइरस – विश्वभर ५ लाख नेपाली विद्यार्थी प्रभावित

तामसालिङ खबर
२५ चैत्र २०७६, मंगलवार १२:४०

चैत्र, हेटौडा – विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण झन्डै ५ लाख नेपाली विद्यार्थी विश्वका विभिन्न मुलुकमा प्रभावित भएको पाइएको छ । त्यसमध्ये पाकिस्तानमा रहेका १ सय ७६ जना विद्याथीर्ले आफूहरू रकम अभाव झेलिरहेको बताएका छन् ।

१८ दिनदेखि लकडाउन गरिएको पाकिस्तानमा रहेका नेपाली विद्यार्थी अहिले अध्ययनरत छात्रावासमै बन्द भएका छन् । पाकिस्तानको लाहोरबाट सन्तोस साह र रामपुजन बरहीले आफूहरु छात्रावासमा नै बन्दी भएको बताउनुभयो ।

कोरोनाका कारण संक्रमित हुनेको क्रम बढ्न थालेपछि पाकिस्तानमा रहेका नेपाली चिन्तामा छन् । तर पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्सालले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आवश्यक परेका सबै सहयोग गरिने बताउनुभयो ।

पाकिस्तानमा पैसा पठाउने व्यवस्था सिधै नेपालबाट नहुँदा तेस्रो मुलुकबाट पठाउनुपर्ने बाध्यताका कारण नेपाली विद्यार्थीहरु दोहोरो समस्यामा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*