लकडाउन उलंघन बढेपछि मकवानपुर प्रशासनको कडा निर्णय

तामसालिङ खबर
२५ चैत्र २०७६, मंगलवार १२:२४

चैत्र, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा लकडाउनको उलंघन बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडा निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा सोमबार बसेको कमाण्ड पोष्टको बैठकले लकडाउन प्रभावकारी बनाउन कडाई गर्ने निर्णय गरेको हो ।

सोमबार गरिएको निर्णय अनुसार अब अस्पताल जाँदा बाहेक मोटरसाइकलमा २ जना यात्रा गर्न पाइने छैन । बसपार्क र खोपेगल्लीका तरकारी पसलबाट थोकमा मात्रै तरकारी बिक्री वितरण गर्नु पर्नेछ । खुद्रा खरिदकर्ताले आफ्नो घर नजिकको पसलबाट मात्रै सामान खरिद गर्नुपर्नेछ ।

कमाण्ड पोष्टको बैठकले सामान्य कामलाई पनि अत्यावश्यक भनी अनाश्वयक रुपमा घर बाहिर निस्कनेलाई पक्राउ गर्ने निर्णय समेत गरेको छ । यसअघि प्रशासनले तरकारी र खाद्यान्न किनमेलको लागि भन्दै बिहान १० देखि दिउँसो ३ बजेसम्म समय तोकेपछि लकडाउन उलंघन धेरै भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*