वैशाख ३ गते सम्म लकडाउन थपियो

तामसालिङ खबर
२५ चैत्र २०७६, मंगलवार ०६:४८

चैत्र, काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि गरिएको लकडाउन आगामी वैशाख ३ गते राति १२ बजे सम्मका लागि फेरी बढाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य क्षेत्रबाट कोरोना भाइरसको संक्रमण नहोस् भन्ने उदेश्यले अन्तरराष्ट्रिय सीमानाका २०७७ साल वैशाख ३ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषद्को सोमबारकाे बैठकले लकडाउन थपेको हो । दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजे सम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो अवधि पूरा नहुँदै २५ गते सम्म थपियो ।

सरकारले संक्रमण रोगसम्बन्धी ऐन, २०२० अनुसार यही चैत ११ देखि १८ गते राति १२ बजेसम्मका लागि लकडाउन जारी गरेको थियो । सरकारले नाकाहरु बन्द गरे पनि ढुवानीलाई भने कायमै राखेको छ । त्यसैगरी स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न एक पटकका लागि रु एक हजार ५०० एकमुष्ट सहयोग गर्ने निर्णय गरिएको छ ।

त्यस्तै ‘निजी क्षेत्रका चिकित्सकहरुलाई सरकारी अस्पतालमा आएर सेवा दिन चाहेमा सरकारी सेवा सुविधाअनुसार नै मिलान गरेर काममा लगाउन सकिने व्यवस्था गरिने भएको छ । यदि निजी अस्पतालमै बसेरै कोरोना सम्बन्धी उपचारमा संलग्न हुने स्वास्थ्य स्वयंसेविकालाई पनि सरकारी सुविधा उपलब्ध गराउने निर्णय गरिएको छ ।’

सरकारले क्वारेनटाइनमा १४ दिन बसेका संक्रमणको सम्भावित भएका व्यक्ति ¥यापिड डाइनाष्टिक टेष्ट गरेर छाड्ने तर त्यसपछि पनि सात दिन अनिवार्य होम क्वारेनटाइनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने भएको छ । होम क्वारेनटाइनमा बसे नबसेका बारे स्थानीय तहले निगरानी गर्ने छ ।

यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिए पछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवत जावतमा कडाइ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*