प्रशासनद्वारा पास वितरणमा बन्द, यस्तो अबस्थामा गाडी-मोटरसाइकल चलाउनु

तामसालिङ खबर
२२ चैत्र २०७६, शनिबार १५:१८

चैत्र, काठमाडौं – काठमाडौंले प्रशासनले लकडाउनको बेला आउजाउ अतिआवश्यक पर्नेलाई उपलब्ध गराउँदै आएको सवारी पास बन्द गरेको छ । सवारी पास दूरुपयोग हुन थालेपछि प्रशासनले बिहीबार देखि बन्द गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कोरोना भाइरस संक्रमण रोक्नका लागि लकडाउन अवधिभर अत्यावश्यक कार्यका लागि सवारीसाधनलाई पास वितरण गर्दै आएको थियो । सवारी पासको दुरुपयोगसमेत गरिएकोले बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । कटुवालका अनुसार अत्यावश्‍यक सेवालाई पास नचाहिने साथै अत्यावश्यक सेवा तथा सामग्रीको सहज आवागमन तथा पासको दुरुपयोग रोक्नको लागि नयाँ व्यवस्था गरेको छ ।

एम्बुलेन्स औषधि तथा औषधिजन्य वस्तु बोकेका सवारी तथा डाक्टर, नर्स, पत्रकार र कर्मचारी चढ्ने सवारीले पास लिनु नपर्ने व्यवस्था गरेको छ । खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, पानी, तेल, पशुपक्षीजन्य आहार, इन्धन, सरसफाइका वस्तुको ओसारपसार गर्ने भ्यान, पिकअप, ट्याङ्करका साथै फोहोर बोक्ने सवारीले पनि निर्वाधरुपमा चल्न पाउने भएका छन् ।

तर,यस्ता सवारीमा यात्रु ओसार्न भने पाइने छैन । व्यक्तिगत समस्या, परिवार, बिरामी ,भेटघाट, काम विशेष जस्ता विषयलाई लिएर सवारी पास नपाउने उनले बताए । तत्काल पर्ने आकस्मिक मानवीय अवस्था, गम्भीर बिरामी अस्पताल जानुपर्ने अवस्था जस्ता परिस्थितिमा नजिकको सुरक्षा इकाइसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*