मे महिनासम्म विश्वका सबै जसो विमान कम्पनी टाट पल्टिने खतरा

तामसालिङ खबर
१९ चैत्र २०७६, बुधबार १४:४०

चैत्र, काठामाण्डौ – कोरोना महामारीका कारण संसारभर सम्पर्क सञ्जाल विच्छेद भएपछि विमान कम्पनीहरू प्रत्यक्ष मारमा परेका छन् । धेरैजसो हवाई कम्पनी दुई महिनादेखि ठूलो घाटा व्यहोरिरहेका छन् । विमानस्थलको पार्किङ खर्च धान्न पनि उनीहरूलाई धौधौ छ ।

विश्वको एकचौथाइ जनसंख्या यति बेला लकडाउनमा छ । कोरोना महामारी साम्य भएर आममानिस विश्वस्त भई यात्रा गर्न अझै धेरै समय लाग्ने देखिन्छ । महामारीसँग जुझिरहेका मुलुकले बाह्य उडान मात्र होइन, आन्तरिकसमेत ठप्प बनाएका छन् ।

एयरलाइन्सहरूले सन् २०२० को जनवरीयता मात्रै २५२ अर्ब अमेरिकी डलर घाटा व्यहोरेको नयाँ प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आएटा)ले सार्वजनिक गरेको छ । आएटाले एयरलाइन्स कम्पनीको पुनःस्थापनामा लामो समय लाग्ने उल्लेख गरेको छ ।

आएटाका अनुसार मे महिनासम्म अहिलेकै अवस्था लम्बिरहेको खण्डमा विश्वका सबैजसो विमान कम्पनी टाट पल्टिनेछन् । अमेरिकी हवाई सेवा कम्पनी अमेरिकन एयरलाइन्सले यसका कर्मचारीको रोजगारी संरक्षणका लागि भन्दै सरकारसँग १२ अर्ब डलर सहायता माग गरेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*