एनएमबि बैंकले सस्तो डिलसँग साझेदारीमा कोरोना कोषमा योगदान गर्ने

तामसालिङ खबर
१९ चैत्र २०७६, बुधबार ०९:४८

चैत्र, काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले सस्तो डिलसँग साझेदारी गरेको छ ।

जसमा समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यूआर कोड मार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५% रकम सरकारी निर्देशन अनुरुप कोभिड –१९ सहायता कोषमा योगदान गर्ने बैंकले जनाएको छ ।

दैनिक ज्यालादारीमा कार्यरत मजदुर वर्ग तथा कर्मचारी वर्गलाई सहयोग गर्नका लागि उक्त योगदान गरेको बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*