बागमती प्रदेशको कोरोना रोकथाम कोषमा सिद्धार्थ बैंकको १० लाख सहयोग

तामसालिङ खबर
१५ चैत्र २०७६, शनिबार २०:२१

चैत्र, हेटौडा – बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिद्धार्थ बैंकले १० लाख रकम सहयोग गरेको छ । बैंकका हेटौंडा शाखा प्रमुख अर्पण सञ्जेलले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई सहयोग रकमको चेक शनिबार हस्तान्तरण गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा सरकारसँग हातेमालो गर्न कोषमा रकम जम्मा गरिएको बैंकले जनाएको छ । सरकारले मात्र चाहेर नहुने भन्दै उनले विभिन्न संघ सस्था, व्यक्ति लगायत सबैले सहयोग गर्न जरुरी रहेको शाखा प्रमुख सञ्जेलले बताए ।

बैङ्किङ क्षेत्र अत्यावश्यक सेवा क्षेत्र रहेकोले आवश्यक्ता अनुसार सुरक्षा अपनाएर सेवा प्रवाह निरन्तर गर्न पनि अनुरोध गरे । सात वटा प्रदेशमा १०-१० लाखका दरले कोषमा रकम जम्मा गर्ने निर्णय अनुसार बागमती प्रदेशमा पनि रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*