कोरोनाको कहर – स्पेनमा एकैदिनमा ८४९ जना मृत्यु

तामसालिङ खबर
१८ चैत्र २०७६, मंगलवार २०:१६

चैत्र, काठमाडौं – स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का कारण ८४९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट स्पेनमा एकैदिनमा अहिले सम्मकै धेरै मानिसले ज्यान गुमाएका हुन् । यससँगै मुलुकभर ज्यान गुमाउने मानिसको संख्या ८ हजार १८९ पुगेको छ ।

स्पेनका विदेशमन्त्रीले बिस्तारै कोरोना भाइरस संक्रमितको संख्यामा बिस्तारै कमी आउने अपेक्षा गरेको भोलिपल्ट स्पेनमा अहिले सम्मकै सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका हुन् ।

स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८९१ संक्रमित थपिएका छन् । अहिलेसम्म स्पेनमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ९४ हजार ४१७ पुगेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*