प्रदेश राजधानी हेटौँडाबाट कोरोना भाइरसको परीक्षण हुने

तामसालिङ खबर
१७ चैत्र २०७६, सोमबार १४:४४

चैत्र, हेटौँडा – बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बताउनुभएको छ । मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण गरिने बताउनुभयो ।

यही स्वाब सङ्कलन गरेर परीक्षण गर्ने र सङ्क्रमित पाइएमा उपचारका लागि व्यवस्था गरिने बताइएको छ । मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई पायक पर्ने गरी हेटौँडामा प्रयोगशाला सञ्चालन गरिएको बताउनुभयो । सङ्क्रमितलाई राख्नका लागि प्रदेश सरकारले आइसीयूसहितको ३०० आइसोलेसन कक्ष निर्माण गरेको बताउनुभयो । मन्त्री दुलालले सबै आइसोलेसन कक्षमा सम्पूर्ण उपकरण सहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

प्रदेशमा भएका १३ मध्ये काठमाडौँबाहेक सबै जिल्लामा आइसोलेसन कक्ष तयार पारेको उहाँले बताउनुभयो । नुवाकोटमा १०, रसुवामा २०, धादिङमा ७, चितवनको भरतपुर अस्पतालमा २० र गुञ्जनगरमा २० शैयाको आइसोलेसन कक्ष निर्माण छ ।

मकवानपुरमा सघन उपचारकक्ष सहित ३५ शैया आइसोलेसन तयार भइसकेको र ७० शैया तयार हुँदै गरेको, सिन्धुलीमा पाँच शैया तयार भएको र पाँच तयार हुँदै गरेको, रामेछापमा निजी क्षेत्रसँगको साझेदारीमा २० शैया तयार भएको, दोलखामा १७ शैया, सिन्धुपाल्चोकमा १७ शैया, भक्तपुरमा २१, काभ्रेमा २० शैया तयार भएको छ ।

प्रदेश अन्तर्गतका अस्पतालमा इन्फ्रारेड थर्मोमिटर तुरुन्तै खरिद गरी स्वास्थ्य निर्देशनालय मार्फत पहिलै पठाइ सकिएको तथा प्रदेशस्तरीय -यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचारप्रसार, सूचना सञ्चारका गतिविधिको सञ्चालन भइरहेको बताइएको छ । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*