विदेशबाट आउनेको विवरण राख्दै मनहरी गाउँपालिका

तामसालिङ खबर
१७ चैत्र २०७६, सोमबार १४:१५

चैत्र, हेटौडा (मनहरी) – कोरोना भाइरस नियन्त्रणका लागि भीडभाड गर्ने तबरका गतिविधि नगर्न मनहरी गाउँपालिकाले सबै वडामा माइकिङ गरेको छ ।

हरेक वडामा अटोमा माइक राखेर जिंगल प्रसारण गरिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । लकडाउन भएपनि कतिपय वडामा हुल जम्मा गरेर तास खेल्ने, रमाइलो गर्ने जस्ता क्रियाकलाप भइरहेको पाइएपछि प्रहरीको समन्वयमा माइकिङ गरी सचेत पारिएको उहाँले जानकारी दिनुभयो ।

सचेत पार्दा पनि अटेर गरेरमा पक्राउ गरेर कारबाही सुरु गर्ने सूचना प्रबाह गरिएको उहाँले जानकारी दिनुभयो । ९ वटै वडामा माइकिङ गरिएको हो । यसैबीच विदेशबाट फर्किएकाहरुको लगत तयार पार्न थालिएको छ । मनहरी गाउँपालिकाले सबै वडामा विदेश गएर फर्किएका नागरिकहरुको लगत तयार पारी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई जानकारी गराउन खोजेको हो ।

गाउँपालिकाले वडाध्यक्ष मार्फत हरेक वडामा विदेशबाट फर्किएकाहरुको अभिलेख तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जानकारी दिनुभयो । – मनहरी लाइभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*