सुरक्षा सामाग्री उपलब्ध गराउन प्रदेशलाई उच्च अदालतको आदेश

तामसालिङ खबर
१४ चैत्र २०७६, शुक्रबार १०:०५

चैत्र, हेटौंडा – सुरक्षा सामाग्री उपलब्ध गराउन बागमती प्रदेश सरकारलाई उच्च अदालतले आदेश जारी गरेको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खटीने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन उच्च अदालत पाटन हेटौंडा इजलाशले वागमती प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता ध्रव प्रसाद चौलागाईले दायर गर्नुभएको रिट निवेदनको सुनुवाई गर्दै उच्च अदालत पाटन हेटौँडा इजलाशले बुधबार प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायधिश राम प्रसाद अधिकारीको इजलाशले कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण कार्यहरु अविलम्ब शुरु गर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिएको हो । अदालतले विपक्षलाई छलफलका लागि २०७६ चैत्र १९ गते बोलाएको छ । अधिवक्ता चौलागाईले दायर गर्नुभएको रिट निवेदनमा अधिवक्तहरु मन प्रसाद भट्टराइ, सञ्जीव प्रसाद पराजुली र बालकृष्ण अधिकारीले बहस गर्नुभएको थियो ।

वागमती प्रदेशका मुख्यमन्त्री एवं मन्त्रीपरिषदको कार्यालय, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशकै आन्तरिक मामीला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालय चितवनलाई विपक्षी बनाइ २०७६ चैत्र १० गते रिट निवेदन दर्ता गरिएको थियो ।

अदालतले आदेश जारी गर्नु नपर्ने कारण भए मन्त्रालयहरुका हकमा मुख्य न्यायधिवक्ताको कार्यालय मार्फत र जिल्लाप्रशासन कार्यालयलाई सरकारी वकील कार्यालयमार्फत १५ दिनभित्र लिखीत जवाफ पेश गर्न आदेश दिएको छ । जनता समाचारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*