कोरोनाभाइरस – सबै सुरक्षा अंग ‘हाई अलर्ट’मा

तामसालिङ खबर
१२ चैत्र २०७६, बुधबार ११:२२

चैत्र, काठमाडौं – कोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन् ।सरकारले कोरोना संक्रमित बिरामी फेला परे लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ ।

प्रहरी प्रधान कार्यालयले आफ्नो नियमित क्रियाकलापमा खटिनेबाहेकका १३ हजार रिजर्भ फोर्सलाई कोरोना संक्रमणको नियन्त्रणका लागि हाई अलर्टमा राखेको छ । यसैगरी, नेपाली सेनाले आफ्नो जनशक्तिलाई तयारी बनाएर क्वारेन्टाइन सहित कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा राखेको छ भने सशस्त्र प्रहरीले देशभर आफ्ना युनिटलाई तयार रहन निर्देशन दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले नियमित काममा खटिनेबाहेकका १३ हजार जनशक्ति कोरोनाको जोखिम नियन्त्रणका लागि तयारी अवस्थामा राखिएको र आवश्यक परे तत्काल तैनाथ गरिने बताए ।

हामीसँग १३ हजार रिजर्भ फोर्स तयारी अवस्थामा छन्, कोरोनाको जोखिम नियन्त्रणका लागि आवश्यक परे तत्काल खटाउने तयारी छ,’ प्रहरी प्रवक्ता क्षेत्रीले भने । कोरोनाको संक्रमण फैलिएको अवस्थामा रिजर्भ फोर्सलाई तत्काल परिचालन गर्नेगरी हाई अलर्टमा राखिएको उनले जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*