साढे २५ लाख ग्यास सिलिन्डर बजारमा

तामसालिङ खबर
१२ चैत्र २०७६, बुधबार १०:१४

चैत्र, काठमाडौं – नेपाल आयल निगमले तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा पठाएको छ । अघिल्लो महिना २६ लाख सिलिन्डर पठाएको निगमले यो तीन सातामा २५ लाख ५० हजार ५ सय ५२ ग्यास सिलिन्डर बजारमा पठाएको हो ।

अघिल्लो महिनाको तुलना गर्दा यो महिना बजारमा ग्यास माग अधिक बढेको थियो । निगमका अनुसार विश्वव्यापी फैलिरहेको कोरोना भाइरस संक्रमणले उपभोक्तामा भएको त्रासका कारण एलपी ग्यासको माग बढेको आजको राजधानी दैनिकले खबर छापेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*