रिचार्ज बराबरकै बोनस दिन दुरसञ्चारको निर्देशन
चैत्र, काठमाडौं – नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई ग्राहकले गर्ने रिचार्ज बराबरकै बोनस दिन निर्देशन दिएको छ ।
देशमा लकडाउन जारी रहेको बेला सर्वसाधारण लाई रिचार्ज खरिद गर्न घर बाहिर निस्कन नपरोस् भन्ने उद्देश्यले बोनस रकम दिन निर्देशन दिइएको हो । प्राधिकरणले मोबाइल सेवा प्रदायकले दिने सापटि रकम पनि बृद्धि गर्न भनेको छ । सापटी रकम २०० पुर्याउन आग्रह गरिएको छ ।