यस्ता छन्, अनुहारका प्वाल हटाउने घरेलु उपाय

तामसालिङ खबर
११ चैत्र २०७६, मंगलवार ०१:०६

अनुहारमा देखिने स-साना प्वाल र छिद्राहरु आज आम समस्या बनिसकेको छ । यी छिद्राहरु अनुहारको सुन्दरताका लागि सधैं अवरोधक बन्छन् । विशेषगरी ओइली स्कीन भएका महिलाहरुमा यो समस्या देखिन्छ । उमेर बढेसँगै यी छिद्राहरु पनि ठूला हुँदै जान्छन् ।

यदि तपाईको पनि यहिँ समस्या छ भने यसको हलका लागि तपाईसँग प्रशस्तै घरेलु उपायहरु छन् । त्यस्ता उपायहरुलाई अप्नाएर तपाई यो समस्याबाट मुक्त हुन सक्नुहुन्छ । केरा, खानका लागि बाहेक अन्य धेरै कामका लागि फाइदाजनक छ । यो छालाका लागि पनि निकै फाइदाजनक छ । यसले छालामा ड्यामेज भएका कोशिकाहरुलाई बनाउने काम गर्छ र छालामा निखार प्रदान गर्छ । हप्तामा दुईपटक सम्म केराको पेस्ट लगाउनु भयो भने यसले ती अनुहारका छिद्राहरुलाई कस्छ र छिद्रा हराउँछ ।

कांक्रा र नींबू पनि छिद्राबाट मुक्त हुनका लागि एकदमै सहयोगी हुन्छ । यसका लागि नींबूको रसमा कांक्राको रस मिलाएर अनुहारमा लगाउनु भयो भने यसले अनुहारका प्वालहरुलाई कसेर हटाउन मद्दत गर्छ ।

दुधसँग खाइने ओट्सले पनि यो समस्याबाट छुटकारा दिन्छ । दुई चम्ची ओट्समा एक चम्ची गुलाबजल र एक चम्ची मह मिलाएर पेस्ट तयार गर्नुहोस् । यो पेस्टलाई १० मिनेटसम्म अनुहारमा राख्नुहोस् । त्यसपछि सफा पानीले पखाल्नुहोस् तब देख्नुहुनेछ तपाईको अनुहारका प्वाल र सबै किसिमका दागहरुबाट छुटकारा मिलेको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*