हेटौंडाको पुष्पलाल पार्क दुई साताको लागि बन्द

तामसालिङ खबर
८ चैत्र २०७६, शनिबार १२:१३

चैत्र, हेटौडा – विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट सजक रहने भन्दै हेटौँडा उपमहानगरपालिका वडा नं.५ सानोपोखरामा रहेको पुष्पलाल स्मृति पिस पार्क केहि समयको लागि बन्द गरिएको छ ।

आईतबार एक सुचना प्रकाशित गरी पिस पार्क बन्द गरिएको हो । पिस पार्क चैत्र ९ (आइतबार) देखी चैत्र २५ गतेसम्म बन्द रहने सुचनामा उल्लेख गरिएको छ । पिस पार्कमा दैनिक सयौँ जनाले अवलोकन गर्ने गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*