धार्मिक स्थलमा ठूलो भीड हुन रोक

तामसालिङ खबर
८ चैत्र २०७६, शनिबार २२:४१

चैत्र, काठमाण्डौ – सरकारले सरकारी निकाय मातहत रहेका सबै संग्रहालय बन्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय मातहतका सबै साँस्कृतिक केन्द्र, संग्रहालय तथा अभिलेखालय चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

सांस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानहरुका सभाहल र प्रेक्षालयमा अब कार्यक्रम गर्न नपाइने भएको छ । पुर्बनिर्धरित कार्यक्रम समेत स्थगित गर्ने निर्णय सरकारले गरेको छ । विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालु र दर्शनार्थी भेला नहुने व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

त्यस्ता स्थलहरुमा लामबद्ध हुने दर्शनार्थी र तीर्थालु बीचको दूरी कम्तीमा १ मिटर कायम गर्ने व्यवस्था मिलाउने निर्णय सरकारले गरेको हो । यी स्थानमा साबुन पानीले हात खुट्टा धुने प्रवन्ध मिलाउने निर्णय समेत गरेको छ । सबै तीर्थालुहरुलाई अनिवार्य मास्क लगाउन सूचित गर्ने निर्णय पनि गरिएको   छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*