मकवानपुरमा ४३ हजार वालबालिकालाई दादुरा-रुवेला खोप लगाइदै

तामसालिङ खबर
३० फाल्गुन २०७६, शुक्रबार १०:२८

फाल्गुन, हेटौडा – मकवानपुरमा आगामी चैत्र महिनाबाट सुरु हुने दादुरा रुवेला खोप अभियान अन्र्तगत ४३ हजार बालबालिकालाई खोप लागाइने जनाईएको छ । जिल्ला स्तरीय खोप समन्वय समितिको आयोजनामा बुधबार आयोजित दादुरा–रुबेला खोप अभियान २०७६–७७ सम्बन्धी पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जिल्लाका ९ देखि २४ महिनाका १२ हजार ९८ र २४ देखि ५९ महिनाका ३१ हजार २०५ जना गरि ४३ हजार ३०३ बालबालिकालाई दादुरा रुवेला बिरुद्धको खोप लगाईने जानकारी दिनुभयो । मकवानपुरमा दुई चरणमा सञ्चालन हुने अभियान अन्र्तगत एक हजार १ सय ७८ जना खोप कार्यकर्ता मार्फत ५ सय ४१ स्थानमा खोपकेन्द्रबाट खोप लगाइने प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

सरकारको आर्थीक बर्ष २०७६–७७ मा बहुबर्षीय खोप योजना अन्तर्गत मकवानपुरमा दादुरारुवेला खोप अभियान दुई चरणमा संचालन हुने उहाँले जानकारी दिनुभयो । सन् २०२० मा दादुरा खोप अभियान अन्तर्गत पहिलो चरणमा बकैया गाउँपालिकामा चैत्र १ गते देखि २३ गते सम्म अभियान संचालन गर्न लागेको जानकारी दिनुभयो ।

खोप अभियान राक्सिराङ गाउँपालिकामा पनि १ गते सुरु भई ६ गते सम्म, कैलाश गाउँपालिकामा १ गते बाट ११ गते सम्म, बागमती गाउँपालिकामा १ गतेबाट ९ गते सम्म र मनहरी गाउँपालिकामा १ गतेबाट ८ गते सम्म संचालन हुने उपाध्यायले जानकारी दिनुभयो । त्यस्तै अभियानको दोस्रो चरणमा भीमफेदी गाउँपालिकामा चैत्र १० गतेबाट १८ गते सम्म, इन्द्रसरोवर गाउँपालिकामा १५ गतेबाट २३ गते सम्म, मकवानपुरगढी गाउँपालिकामा १७ गतेबाट २३ गते सम्म, थाहानगरमा १५ गतेबाट २३ गते सम्म र हेटौंडा उपमहानगरमा ११ गतेबाट १९ गते सम्म सञ्चालन हुने उपाध्यायले बताउनुभयो ।

जिल्लामा ३६ प्रतिशत बालवालिकाहरु पुर्ण खोप सेवाबाट बञ्चित रहेको पाईएको समेत उहाँले जानकारी दिनुभयो । विश्वमा दादुरा–रुवेलाको अवस्था र नेपालमा विगत दुई वर्ष अघि र अहिलेको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै उपाध्यायले जिल्लाका ७४ प्रतिशत बालवालिकाहरुले मात्र पुर्ण खोप प्राप्त गरेको पाईएको जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*