पूर्वमिस श्रृङ्खलाले पाउने भइन्, २० हजार डलर

तामसालिङ खबर
३० फाल्गुन २०७६, शुक्रबार १०:०९

फाल्गुन, हेटौडा – मिस वर्ल्ड आयोजकले मिस नेपाल अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृङ्खला खतिवडालाई सहयोग गर्ने भएको छ । ‘ब्युटी विथ पर्पस विजेता श्रृङ्खला र अनुष्काले सुरु गरेको समाज सेवा परियोजनालाई सहयोग स्वरुप मिस वर्ल्ड आयोजकले २०-२० हजार डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

श्रृङ्खलाको प्रोजेक्ट क्षेत्र मकवानपुर र अनुष्काको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगेर दुवै आयोजना पूरा गर्न २०-२० हजार डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज राजकर्णिकारले जानकारी दिए ।

“उनीहरु दुवैले मिस वर्ल्डमा ब्युटी विथ पर्पस टाइटल जित्नुको कारण पनि त्यही परियोजना थियो । परियोजना पूरा गर्न सहज होस् भनेर दुबैलाई २०-२० हजार डलर सहयोगको घोषणा गर्नुभएको छ,” राजकर्णिकार भन्छन्, “उहाँहरु लण्डन पुगेर घोषणा गरेको रकम पठाउनु हुन्छ ।”

शृंखलाले चेपाङ समुदायका लागि अस्पताल निर्माण र अनुष्काले निम्न आय भएकालाई आयआर्जनका लागि सहयोग पुर्याउने उद्देश्यले काम गरिरहेका छन् । गत हप्ता आयोजक जुलिया मोर्ले र स्टिभ डग्लेसँगै मिस वर्ल्ड २०१९ टोनी एन सिंह नेपाल आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*