बागमती प्रदेशसभामा ५२ वटा विधेयक दर्ता, ४८ वटा पारित

तामसालिङ खबर
२४ फाल्गुन २०७६, शनिबार १०:३३

फाल्गुन २४, हेटौंडा – बागमती प्रदेशसभामा हाल सम्म ५२ वटा विधेयक दर्ता भएका छन् । प्रदेशसभा स्थापना भएपछी हालसम्मको दुईवर्ष भन्दा बढी समयमा ५२ वटा विधेयक दर्ता भएका हुन् ।

प्रदेश सरकार सञ्चालनका लागि आएका विधेयकहरु मध्यमा ४८ वटा विधेयक पारित भएको बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले वताउनुभयो ।

सकेसम्म संघीय सरकार र संविधानसंग बाझिने खालका विधेयकहरु नल्याएको उहाँले वताउनुभयो । प्रदेश सरकारले ल्याएका कानून निर्माणमा तिव्रता दिइएको छ । संसद र समितिमा लामो समय सम्म कुनैपनि कानूनहरु राखिएको छै्न ।

संसदमा दर्ता हुने वित्तिकै त्यसको कार्बाही हुने गरेको उहाँले वताउनुभयो । अव भने वैठक फागुनको अन्त्यमा मात्र बोलाउने प्रदेशसभाको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*