संघीय राजधानी काठमाडौंमा यसवर्ष होली खेल्न नपाइने

तामसालिङ खबर
२४ फाल्गुन २०७६, शनिबार १०:२६

फाल्गुन २४, काठमाडौं – कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकामा होली खेल्न रोक लगाएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बैठकले होली खेल्न नपाइने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार भीडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा भएकाले होली खेल्न नपाइने निर्णय गरिएको हो ।

प्रजिअ दाहालका अनुसार अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको छ । सरकारले भीडभाडमा नजान, भेला, सभा सम्मेलन नगर्न यसअघि नै आग्रह गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*