सुनको भाउ ह्वातै बढ्यो, नयाँ रेकर्ड कायम

तामसालिङ खबर
२१ फाल्गुन २०७६, बुधबार १२:२६

फागुन २१, काठमाडौं – बुधबार नेपाली बजारमा सुनको भाउले पुरानो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको छ । बुधबार तोलामा एक्कासी २ हजार २ सय रुपैयाँ बृद्धी भई सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको हो ।

मंगलबार प्रतितोला ७८ हजार ३ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ८० हजार ५ सय रुपैयाँले कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै महासंघका अनुसार बुधबार तेजाबी सुनमा पनि तोलामा २ हजार २ सय रुपैयाँ बृद्धी भई प्रतितोला ८० हजार २ सय रुपैयाँले कारोबार भईरहेको छ ।

मंगलबार प्रतितोला ८ सय ६० रुपैंयामा बिक्रीबितरण भएको चाँदीमा पनि आज तोलामा २० रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ८० रुपैयाँ भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*