हेटौडामा खुल्यो, आहा भेज रेष्टुरेण्ट

तामसालिङ खबर
१९ फाल्गुन २०७६, सोमबार १२:०४

फाल्गुन , हेटौंडा – मकवानपुरको हेटौंडा १० बाइपासरोडमा ५० लाख रुपैयाँको लगानीमा आहा भेज रेष्टुरेण्ट सञ्चालनमा आएको छ । रेष्टुरेण्टको शनिबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन् ।

मेयर महतले हेटौंडा बागमती प्रदेशको राजधानी भैसकेको अवस्थामा अब होटल रेष्टुरेण्टको सम्भावना राम्रो रहेको बताए । उनले गुणस्तरीय सेवा दिन अनुरोध गरे । भ्रमण बर्ष २०२० लाई लक्षित गरी भेज रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको सञ्चालक अमितकुमार अग्रवालले जानकारी दिए ।

रेष्टुरेण्टमा इन्डियन आइटमहरुका साथै माउन्ट कफी विशेष परिकारको रुपमा रहेको सञ्चालक अग्रवालले बताए । ‘शान्त एवम् पारिवारिक वातावरणमा भेज परिकारको लागि प्रदेशको राजधानी हेटौंडामा आहा रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको हो’, उनले भने, ‘ग्राहकको चाहना अनुरुप अघि बढ्नेछौं । हामीले गुणस्तरलाई विशेष प्राथमिकता दिएका छौं ।’ तीनजना व्यवसायीको ५० लाख रुपैयाँको लगानीमा रेष्टुरेण्ट सञ्चालनमा आएको हो ।

रेष्टुरेण्टका शुभेच्छुक शिवनारायण श्रेष्ठले भेज परिकारका लागि आहा रेष्टुरेण्ट उत्कृष्ट भएको दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*