‘प्रेमगीत ३’ को छायांकन ७० दिनमा सकियो

तामसालिङ खबर
१० माघ २०७६, शुक्रबार ०७:०४

माघ १०, काठमाडौँ – बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को छायांकन सकिएको छ । ७० दिनको नियमित छायाङ्कनपछि फिल्म मङ्गलबार सकिएको   हो । एक महिनादेखि मनाङको माइनस डिग्री तापक्रममा छायाङ्कनरत फिल्म युनिट बुधबार काठमाडौँ फर्किको छ । फिल्मको छायाङ्कन आफूले सोचेभन्दा पनि राम्रो भएको निर्माता सन्तोष सेनले बताए ।

आगामी २८ चैत प्रदर्शन मिति तोकिएको फिल्मको एक प्रोमोशनल गीत भने छायाङ्कन बाँकी राखेर सुटिङ प्याकअप गरिएको हो । उक्त गीत मौसम अनुकूल पारेर छायाङ्कन गर्ने योजना आफ्नो रहेको निर्माता सन्तोषले बताए ।

फिल्मको छायाङ्कन सँग सँगै सम्पादन पनि एकसाथ भएको छ । अब छिट्टै फिल्मको कलर करेक्सन, ब्याकग्राउन्ड स्कोर र डबिङको काम सुरु हुने निर्माता सेनले जानकारी दिए । तीन करोड लागतमा बनेको फिल्म छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन् ।

‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्का, नवअभिनेत्री क्रिस्टिना गुरुङको अलवा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरीलगायतले अभिनय रहेको छ ।

फिल्ममा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत, प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर छ । चक्रबहादुर चन्द र डम्बरबिक्रम सेन कार्यकारी निर्माता रहेको फिल्मको कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माता हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*