वैदेशिक रोजगारपछि, नेपालमै मृत्यु भए ७ लाख सहयोग दिने

तामसालिङ खबर
७ माघ २०७६, मंगलवार १०:४४

माघ ७, काठमाण्डौ – सरकारले वैदेशिक रोजगारपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।

अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारलाई सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन् ।

वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*