अनेरास्ववियुको ७७ जिल्ला संयोजक र सह-संयोजकको नाम टुंग्यायो
माघ ६, काठमाडौं – अनेरास्ववियुले सबै जिल्लाका संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै अनेरास्ववियुले ७७ वटै जिल्लाका संयोजक र सहसंयोजक चयन गरेको हो।
केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेश अनुसार जिल्ला संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाइएको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिए ।