वायुसेवा निगम अध्यक्ष खरेलले दिए राजिनामा

तामसालिङ खबर
५ माघ २०७६, आईतवार २०:०६

माघ ५, काठमाण्डाै – नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । खरेलले आइबार बिहान संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसमक्ष राजिनामा दिनुभएको हो । २०७५ सालको भदौ २९ गते सरकारले कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकार वाइडबडी विमान खरिद प्रकरणमा जोडिएर विवादित बनेपछि सरकारले कंसारका भन्दा माथिल्लो पदमा कार्यकारी अध्यक्षमा खरेललाई नियुक्त गरेको थियो ।

खरेलले नेपाल वायुसेवा निगमको उडान गन्तब्य विस्तार नगरेको, जापानको नारिता नभई यात्रुको चाप कम हुने ओसाकामा उडान गरेको, स्वार्थमा लागेको, चीनको संघाइ र बेइजिङ उडान गर्न चासो नदिएको, आन्तरिक बजार हिस्सा बढाउन असफल भएको लगायतका आरोप लागेका थिए ।

खरेललाई संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पटक पटक स्पष्टिकरण पनि सोधेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*