बागमती प्रदेशले सहिद दिवसका दिन बिबिध कार्यक्रम गर्ने

तामसालिङ खबर
५ माघ २०७६, आईतवार ०८:०१

माघ ५, हेटौडा – आउदो माघ १६ गते शहिद दिवसको दिन बागमती प्रदेशले विविध कार्यक्रम गरि मनाईने भएको छ । सोही दिन बिहान ८ बजे ‘सहिद स्मारक’मा जनसहभागिता गराई कार्यक्रम गरिने बताएको छ जानकारी दिईएको छ । त्यस्तै, हेटौडा उपमहानगर क्षेत्र सरसफाई, र्याली लगायतको कार्यक्रमहरु गरिने जनाईएको छ ।

सहिद दिवस कार्यक्रम सफल बनाउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य–सचिव रहने गरि समिति समेत गठन गरेको छ ।

गठित समितिमा प्रदेश सरकारका सभामुख, मन्त्री, विपक्षी दलका नेता, प्रदेश सभाका विभिन्न समितिका सभापतिहरु, जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रमुख सचिव, हेटौंडा उपमहानगरपालिका प्रमुख, प्रदेश सरकारका सचिव, सुरक्षा प्रमुखहरु लगायत ५२ सदस्यीय समिति गठन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*