चित्र तामाङको ल्होछार गीत रिलिज (भिडियो)

तामसालिङ खबर
१ माघ २०७६, बुधबार १७:०७

माघ १, हेटौडा – नजिकिदै गरेको सोनाम ल्होछारको अवसरमा चित्र तामाङको ल्होछार गीत रिलिज भएको छ । गायक चित्र बहादुर तामाङ जिम्बा र गायिका प्रमिला मोक्तानको आवाजमा रहेको ‘फेब्खौ ज्योज्यो नानाआङा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा पुसन लामा, रितु लामा, रंजित थिङ, मनिश लामा मोक्तानको अभिनय रहेको छ । चित्र बहादुर तामाङ र सुरोत सिंह जिम्बाको शब्द तथा चित्र बहादुर तामाङको संगीत संयोजन गीतमा रहेको छ । गीतलाई दिपेश प्रधानले एरेन्ज गरेका छन ।

एलेन मगरको छायाँकन, एकान्त मगरको सम्पादन तथा रुपेश योञ्जन र कमल जोशीको कोरियोग्राफी गीतको भिडियोमा रहेको छ ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*