बागमती प्रदेश मन्त्रीपरिषदको बैठकले ७ निर्णय गर्यो
पुस २७, हेटौंडा – बागमति प्रदेश मन्त्रिपरिषदको बैठक आईतबार बसेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ७ वटा निर्णय समेत गरेको छ ।
बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यबहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक बर्ष ०७७/०७८ को लागि संघीय बिषेश अनुदान सम्बन्धमा, आर्थिक बर्ष ०७७/७८ का लागि संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिईने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरु स्विकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक स्विकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
आईतबार मात्र प्रदेश सभाबाट बागमती प्रदेश र स्थायी राजधानी हेटौंडा २ तिहाईबाट पारित भएको थियो । स्थायी राजधानी हेटौंडा र बागमति प्रदेश नामाङ्करण भएपछि आईतबार नै मन्त्रिपरिषदको बैठक बसेको हो ।