हेलाे नेपाल सहित तीन कम्पनीको लाइसेन्स खारेजको निर्णय बदर

तामसालिङ खबर
२५ पुष २०७६, शुक्रबार ०८:२०

पुस २५, हेटौडा – समयमै शुल्क नदिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले गरेको तीन कम्पनीको लाइसेन्स खारेज निर्णय सरकारले बदर गरेको छ ।

व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपाल सहित समयमै शुल्क नदिएको भन्दै स्मार्ट टेलिकम र वेब सर्फर कम्युनिकेसनको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय सरकारले खारेज गरेको हाे ।

खारेजीको निर्णय बदर गर्दै कम्पनीहरुलाई किस्ताबन्दीमा शुल्क बुझाउनेगरी व्यवस्था मिलाउन प्राधिकरणलाई पत्र पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

सरकारको निर्णय अनुसार यी तीन कम्पनीले पाँच किस्तामा बाँकी रकम बुझाउनुपर्ने छ । पहिलो किस्ता आउने असार मसान्तभित्र र बाँकी चार किस्ता चार वर्षभित्र बुझाउनुपर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*