भारतीय सीमाक्षेत्रबाट ९५ जना महिला तथा बालिकाको उद्धार

तामसालिङ खबर
१६ पुष २०७६, बुधबार ११:३०

पुस १६, विराटनगर – माइती नेपाल मोरङले भारतीय सीमाक्षेत्रबाट सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई उद्धार गरेको छ । माइती नेपालले मोरङका अनुसार, ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट उद्धार गरेको हो ।

अठार वर्षमुनिका २१ जना र माथिका ७४ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय रेल्वे प्रहरी, भारतीय प्रहरी र माइती नेपालका कर्मचारीको सहयोगमा उद्धार गरिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिए । यसरी उद्धार गरिएकामध्ये मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र धनकुटाका अधिकांश महिला रहेको पोखरेलले बताए ।

हाल मोरङमा माइती नेपाललगायत एबिसी नेपाल, साना हात, आफन्त नेपाल र विश्व विस्तार सीमाक्षेत्रमा चेलीबेटी रोकथाममा क्रियाशील रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*