नेवा-ताम्सालिङ नभए आन्दोलन गर्ने संघिय समाजवादी मकवानपुरको चेतावनी

तामसालिङ खबर
१६ पुष २०७६, बुधबार ०६:४६

पुस १६, हेटौडा – प्रदेश नम्बर ३ को नाम नेवा: तामसालिङ नभए आन्दोलन गर्ने संघिय समाजवादी फोरम, मकवानपुरले चेतावनी दिएको छ ।

मंगलबार हेटौडामा पत्रकार सम्मेलनको मार्फत प्रेस बिज्ञप्ती जारी गर्दै फोरम मकवानपुरका अध्यक्ष शुभरत्न गोलेले २ तिहाई बहुमत प्राप्त सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आईतबार बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती राख्ने निर्णय प्रती गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

जनआन्दोलन र शसस्त्र आन्दोलन दुबैको एजेण्डा पहिचान स्थापित गर्ने भएको भन्दै उनले पहिचानलाई मेटन खोज्ने प्रयास भए त्यो आफुहरुलाई मान्य नहुने बताए । नेपालको संविधानले समेत पहिचानको पक्षमा बोलेको भन्दै प्रदेश तीनको नाम नेवाःताम्सालिङ हुनुपर्ने फोरमका अध्यक्ष गोलेले बताए ।

तिन नम्बर प्रदेशमा करिब ३२ हजार वर्ष पुरानो ताम्सालिङ सभ्यता र शताब्दीऔं देखि एकीकृत भएर बसेका नेवार समुदायको विकसित भुमिको नामाकरणका साथै देशमा भएका विभिन्न चरणका आन्दोलन, विद्रोह र संघर्ष विपरीत रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, प्रदेशमा ३७ प्रतिशत भन्दा अधिक जनसंख्या रहेकोले राष्ट्रियताहरुको अस्तित्वमा धावा बोल्ने कुण्ठित मानसिकताबाट गरिएकोले उक्त निर्णय तत्काल सच्याउनका लागि बिज्ञप्तीमा भनिएको छ ।

फोरमले निर्णय सच्याउन आग्रहलाई बेवास्ता गरि अगाडि बढे हुन सक्ने सम्पुर्ण घटनाको जिम्मेवारी सरकार स्वयमले लिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । बिज्ञप्ती हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*