आर्थिक समृद्धिको लागि पर्यटन ब्यबसाय महत्वपुर्ण रहेको – मन्त्री नेपाल

तामसालिङ खबर
११ पुष २०७६, शुक्रबार १९:४०

पुस ११, हेटौडा – तिन नम्बर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले आर्थिक समृद्धिको लागि पर्यटन ब्यबसाय महत्वपुर्ण पाटाे रहेको बताउनु भयो । होटल एसोसिएन मकवानपुरको आयोजनामा आजबाट हेटौडामा शुरु भएको सडक खान महोत्सबको उदघाटन गर्दै उहाले यस्तो बताउनु भएको हो ।

महोत्सबलाई सम्बोधन गर्दै मन्त्रि नेपालले पर्यटकलाई आकर्षित गर्न पुर्वाधार विकास निर्माणको जरुरी रहेको बताउनु हुदै प्रदेश सरकारले सन २०२० देखि २०३० सम्मकाे अवधिलाई भाैतिक निर्माण बर्ष घाेषणा गरेको समेत बताउनु भयो । पर्यटकहरूले हेटाैडालाई अवलाेकन गर्न सकुन र आकर्षणकाे केन्द्रविन्दुको रूपमा विकास गरि व्यवसायिक रूपमा अघि वढाउनको लागि सिटि टावर बनाउन प्रदेश ३ सरकारले आबस्यक कार्य बढाएको उहाले बताउनु भयो ।

‘सडकमै जाऔं, सडकमै खाऔ र सडकमै रमाउँ’ भन्ने मुल नाराका साथ भ्रमण वर्ष २०२० र अंग्रेजी नया बर्षको पूर्व सन्ध्यामा आयोजित सडक खाना महोत्सव ९ वर्षमा प्रवेश गरेको छ । त्यस्तै, सोहि कार्यक्रममा लेखक केदार प्रसाद न्यौपानेले लेखिएको “मकवानपुर पर्यटक पथ प्रदर्शक” पुस्तिकाको विमोचन समेत गरिएको थियो ।

महोत्सवमा ४० वटा विभिन्न शाहाकारी र माशांहारी परिकारका स्टल रहेको महोत्सवमा प्रत्येक दिन विभिन्न साँस्कृतिक कार्यक्रम हुने र १२ गते राष्ट्रिय स्तरका कलाकार रन्जित परियार र चिजा तामाङको प्रस्तुती रहने महासचिव विष्णुगोपाल महर्जनले बताउनु भयो ।

महोत्सबमा समाबेसी आयोगका सदस्य विष्णु ओझा, संबिधान सभा सदस्य अनन्त पौडेल, जिसस मकवानपुका प्रमुख रघुनाथ खुलाल, पुरानाे गाेरख गणका प्रमुख सेनानि अनिलकुमार बुढाथाेकि, सशस्त्र प्रहरी वलका मकवानपुर प्रमुख विकास घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, प्रदेश ३ पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्ट लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । महोत्सव १३ गते आईतबार सम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*