सन्तोष उपाध्यायले चुमे, मिस्टर नेपालको उपाधि

तामसालिङ खबर
११ पुष २०७६, शुक्रबार १९:३८

पुस ११, काठमाण्डौ – मिस्टर नेपाल २०१९ को उपाधि सन्तोष उपाध्यायले जितेका छन् । बिहिबार काठमाण्डौमा भएको ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । मोष्टट्यालेन्ट र मोष्टफोटोजेनिकको उपाधि समेत जितेका बिजेता उपाध्यायले शीर्ष उपाधिको साथमा मोटरबाइक, नगद २५ हजारको साथमा विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।

एक्सपोज नेपालको आयोजना रहेको प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिँदा प्रिन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप घोषित भए । वरिष्ठ कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिल्वाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी निर्णायक मण्डलले नयाँ मिस्टर नेपाल छनोट गरेको हो ।

विजेतालाई आयोजक एक्सपोज नेपालकी सीईओ अर्चना थापा, निर्देशकहरु रवीन्द्र श्रेष्ठ, प्रकाश पुन, सुशिल पाण्डे लगायतले बिजेतालाई पुरस्कार प्रदान गरेका थिए । शीर्ष विजेताले ‘मिस्टर वल्र्ड’लगायत विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने छन् ।

विभिन्न विषयको प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिएको प्रतियोगीतामा सप टाइटल बेष्ट ट्रेडिसनल वेयर अरुण कुमार डंगोल, मिष्टर स्पोर्टस् लोकेस राज श्रेष्ठ, मिष्टर कन्जिइनेटली बिजय लामा, बेष्ट मोडल राहुल सिंह राजुत, मिष्टर मल्टिमिडिया हिट शंकर कुलङ, मिष्टर फिटनेश बिमल पाण्डे, मिष्टर डिजीपेय पपुलर अबिनास चौधरीले प्राप्त गरे ।

१७ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागीता रहने प्रतियोगिता युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उदेश्यले नियमित आयोजना हुँदै आएको छ । ‘मिष्टर नेपाल’ प्रतियोगीता २००१ देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*