कतारमा ९ जना नेपालीले पाए आममाफी

तामसालिङ खबर
११ पुष २०७६, शुक्रबार ०७:२०

पुस ११, दोहा – विभिन्न मुद्दामा कतारका जेलमा सजाय कटाई रहेका ९ जना नेपाली कैदीलाई कतार सरकारले आममाफी दिएको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै दोहा स्थित नेपाली राजदूतावासले उनीहरुलाई रिहाई समेत गरेको जानकारी दिएको छ ।

कतारको केन्द्रीय कारागारमा विभिन्न आरोपमा सजाए भोगिरहेका उनीहरुलाई कतारको राष्ट्रिय दिवसको अवसरमा सरकारले आममाफी दिएको हो ।

आममाफी पाए संगै उनीहरुलाई नेपाल फिर्ता पठाउन दूतावासले सहजिकरण गरिरहेको बताएको छ । कतार सरकारले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा कारागार सजाय भोगिरहेका मध्येबाट उनीहरुको चालचलन र उनिहरुमाथि लागेको आरोपको प्रकृति हेरेर बन्दीहरुलाई आममाफी दिने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*