बगरभाईखलक पोखरालाई हेटौंडा भेट्रान्स कपको उपाधि
पुस ६ हेटौंडा – पाँचौ हेटौंडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगितामा बगरभाईखलक भेट्रान्स पोखराले उपाधि हात पारेको छ । शनिबार हेटौडाको हुप्प्राचौरमा भएको फाईनल खेलमा बगरभाईखलक पोखराले बानेश्वर भेट्रान्स फुटबल काठमाण्डौलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो ।
बगरभाईको जितको लागि ७ औं मिनेटमा राजकुमार तामाङ्ले गोल गर्दै टिमलाई अग्रता बनाएका थिए । यस्तै खेलको दोश्रो हाफको ४९ औं मिनेटमा बगरभाई टिमका कप्तान ईश्वर गुरुगले थप गोल गर्दै टिमलाई विजयी बनाएका थिए । २५–२५ मिनेट खेलाईएको खेलमा बानेश्वरको तर्फबाट गोल गर्ने धेरै अवसरहरु प्राप्त गरेपनि गोल गर्नबाट चुकेपछि बानेश्वर फुटबल टिम पाँचौ हेटौडा भेट्रान्स कपको च्याम्पियनसिप बन्ने सपनाबाट पछाडी परेको छ ।
खेलमा प्रथम हुने बगरभाईखलक पोखराले नगद १ लाख १ हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो हुने बानेश्वर फुटबल टिमले नगद ५१ हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, उत्कृष्ट फरवर्ड खेलाडीका रुपमा बगरभाईखलकका राजकुमार तामाङ, वेष्ट डिफेन्स खेलाडीको रुपमा बानेश्वरका बिश्व बैराग समाल, वेष्ट मिड फिल्डर हरीहर झलक, वेष्ट किपरको रुपमा बगरभाईखलकका किपर लक्ष्मण तामाङ घोषित भएका उनिहरुले नगद ५ हजार सहित ट्रर्फी प्राप्त गरेका छन् ।
खेलको उत्कृष्ट खेलाडी बगरभाईखलकका क्यापटेन ईश्वर गुरुगले नगद १० हजार सहित ट्रर्फी प्राप्त गरेका छन् । गत पुस २ गतेदेखी आयोजना भएको खेलमा ४० वर्ष माथि उमेर समुहका पुर्व राष्ट्रिय खेलाडीहरु सहित १६ टिमको सहभागिता रहेको थियो ।