मकवानपुरका एसपी सिंह सहित २४ प्रहरी प्रमुख सरुवा

तामसालिङ खबर
५ पुष २०७६, शनिबार १०:१५

पुस ५, हेटौडा – प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुर, रौतहट, चितवन, धनुषा, झापा, सर्लाही लगायतका जिल्लाका प्रहरी प्रमख (प्रहरी उपरीक्षक) हरुको सरुवा गरेको हो । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको सरुवा भएको छ । सिंह महानगरीय अपराध महाशाखामा सरूवा भएको हो ।

त्यस्तै, मकवानपुरमा सुशीलसिंह राठौर मकवानपुर प्रहरी प्रमुखको रुपमा आउने भएको छ । रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा भएको छ ।

खत्रीको ठाउँमा रविराज खड्कालाई पठाइएको छ । चितवनका प्रहरी प्रमुखमा गंगा पन्तलाई पठाइएको र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरूवा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*