लिभरपुल क्लब विश्वकपको फाइनलमा
पुस ३, बिबिसी – वैकल्पिक खेलाडी रोवर्टाे फिर्मिन्होले निर्णायक गोल गरेपछि इङ्लिस महारथि लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
कतारको दोहास्थित खालिफा स्टेडियममा बुधबार राति भएको खेलमा लिभरपुलले मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गेलले हरायो । उपाधिका लागि लिभरपुलले ब्राजिलियन क्लब फ्लामेङ्गो सँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
लिभरपुलले १२औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । नेबी केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । लिभरपुलको त्यो अग्रता दुई मिनेटमै तोडिएको थियो । मोल्टेरीका रोगेलियो फुनेस मोरीले १४औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
दोस्रो हाफमा थप आक्रामक देखिएको लिभरपुलले इन्जुरी समयमा पुगेर निर्णायक गोल गरेको थियो । लिभरपुलका रोवर्टो फिर्मिन्होले गोल गर्दै टोलीलाई फाइनलमा पुर्याएको थियो ।