आठ गुणाले बढ्यो, पाम आयलको निकासी

तामसालिङ खबर
३ पुष २०७६, बिहीबार ०८:५८

पुस ३, काठमाण्डौ – मुलुकमा उत्पादन नै नहुने तथा मूल्य अभिवृद्धि (भ्यालु एड) पनि न्यूनमात्रै हुने पाम आयलको निर्यातले भने हरेक महिना नयाँ रेकर्ड राख्न थालेको छ ।

बुधबार सार्वजनिक भएको नेपाल राष्ट्र बैंक तथा भन्सार विभागका छुट्टा छुट्टै तथ्याकंअनुसार पाम आयलको निकासी करिब आठ गुणाले बढेको छ ।

गत आर्थिक वर्षभरी १० अर्ब रुपैयाँको निर्यात भएको पाम आयल यो वर्षको चार महिनामै सवा ८ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको हो ।

भन्सार विभागको तथ्याकं अनुसार चालू आवको पहिलो महिनामा १ अर्ब ७५ करोड ५६ लाख ९० हजार रुपैयाँको निर्यात भएकोमा चार महिनासम्म आइपुग्दा आठ गुणाले बढेर ८ अर्ब ३६ करोड ८५ लाख ८ हजार रुपैयाँको निर्यात भएको छ । समाचार आजको कारोबार दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*