अधिकांश इन्जिनियरलाइ भ्रष्टाचार मुद्दा, १४० विरूद्ध मुद्दा दर्ता

तामसालिङ खबर
२३ मंसिर २०७६, सोमबार ०८:१४

मंसिर २३, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुस सहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ । घुस सहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ ।

६ महिनाको अवधिलाई हेर्दा अख्तियार ठूलो भ्रष्टाचार मुद्दा केन्द्रित भन्दा पनि स्ट्रिङ अप्रेसन चलाएर मुद्दामा केन्द्रित भएको देखिन्छ । अख्तियार कै लय समाउँदै सरकार पनि भ्रष्टाचार नियन्त्रणका लागि निर्मम भएर लाग्ने भन्दा शून्य सहनशीलताको भाषण गर्ने, कसम खान लगाउने, गीत गाउन लगाउने जस्ता ‘कस्मेटिक’ परिवर्तनमा रमाइरहेको छ ।

पछिल्लो समय अख्तियारले ठूलो मुद्दामा चासो दिन छाड्नुले पनि भ्रष्टाचारी समाउने भन्दा पनि धेरै मुद्दाको रेकर्ड कायम गर्नेमा केन्द्रित रहेको विज्ञको भनाइ छ । अख्तियारले १ हजार रुपैयाँदेखि ४७ लाखसम्म बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दर्ता गरेको देखिन्छ ।

अख्तियारको साउनको तथ्यांक केलाउँदा १९ वटा अप्रेसनमा १० जना इन्जिनियर फन्दामा परेका थिए । अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सीडीई मोहनबाबु यादवले षडानन्द नगरपालिका–१३ बोयामा रहेको छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने नाममा सेवाग्राहीसँग १ लाख ८० हजार रुपैयाँ लिदै गर्दा पक्राउ गरेको थियो । यो खबर आजको राजधानी दैनिकमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*