चेलीले चम्काएको साग खेल

तामसालिङ खबर
२१ मंसिर २०७६, शनिबार १०:३७

मंसिर २१, काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने अधिकांश नेपाली खेलाडीहरु महिला रहेका छन् । नेपाली महिला खेलाडीले स्वर्ण पदक मात्र जितेका छैनन्, नयाँ कीर्तिमान समेत कायम गरेका छन् ।

१३ औं सागमा शुक्रबार सम्म नेपालले ४१ स्वर्ण पदक जितेको छ । २२ स्वर्ण पदक महिला खेलाडीको नाममा छ । पुरुष खेलाडीले १८ स्वर्ण पदक जितेका छन् । एक स्वर्ण पदक महिला र पुरुषको संयुक्त टिमले जितेको छ ।

गौरिका सिंह, सञ्जु चौधरी, नीमा घर्तीमगर, सावित्रा भण्डारी, सन्तोषी श्रेष्ठ, अञ्जली चन्द, आयशा शाक्य, सोनी गुरुङ, निश्मा श्रेष्ठले नयाँ कीर्तिमान समेत राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*