‘स्याउ-स्याउ नाना’ भन्दै आइपुगे प्रकाश तामाङ (भिडियो)

तामसालिङ खबर
२० मंसिर २०७६, शुक्रबार १६:००

मंसीर २०, हेटौंडा – पछिल्लो समयमा मकवानपुरबाट तामाङ गीतसंगीतको उत्पादन लगायत छायांकनको राम्रो थलो बनेको छ । सोहि क्रममा मकवानपुरे गायक तथा संगीतकार प्रकाश तामाङले ‘स्याउ-स्याउ नाना’ बोलको तामाङ मौलिक गीतको म्युजिक भिडियो रिलिज गरेको छ ।

मकवानपुरको मकवानपुर गढी, जाते रातोमाटे लगायतको स्थानमा छायांकन गरिएको भिडियोलाई अभि लामाले निर्देशन तथा कोरियोग्राफी गरेका थिए । म्युजिक भिडियोमा मोडेल अनिता गोले, अभि लामा र निरु थिङको समेत अभिनय रहेको छ ।

नेपाल तामाङ घेदुङ मकवानपुरका पूर्वअध्यक्ष बुद्धरत्न तितुङको शब्द रहेको उक्त गीत विगतमा घेदुङले गाउँबस्तीमा जागरणमूलक कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा अनौपचारिक रुपमा गाउने गरेको र सोही गीतलाई आफुले रेकर्ड गरिएको गायक तामाङले बताए ।

ह्याङ्ला तितुङ ग्रुप मकवानपुरको प्रस्तुतिमा तयार भएको भिडियोको गीतलाई स्वर्गिय गायक गोपाल योन्जनको संगीतमा रहेको यो गीतलाई चाद सिंले एरेन्ज र दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

सुर्य लामाको छायांकन तथा सम्पादनमा तयार भएको म्युजिक भिडियोलाई जिग्मे मिडियाको अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।

भिडियो हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*