नेकपाका बरिष्ठ नेता नेपाल आज मनहरी आउने

तामसालिङ खबर
१९ मंसिर २०७६, बिहीबार १८:५३

मंसिर २०, हेटौडा (मनहरी) – पूर्व प्रधानमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपाल आज मनहरी आउने भएको छ । नेपाल कम्युनिष्ट पार्टी मनहरी गाउँ कमिटीले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उदघाटनका लागि बरिष्ठ नेता नेपाल आउन लाग्नु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी मनहरी गाउँपालिकाको आयोजनामा आज मंसिर २० र २१ गते गर्न लागेको गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम नेकपाका नेताहरु सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य बिरोध खतिवडा, प्रदेश कमिटीका सदस्य ओमबहादुर ग्लान, एकराज उप्रेती, जिल्ला अध्यक्ष मुनु सिग्देल, जिल्ला सचिव प्रेमबहादुर पुलाीमसहित नेताहरु सहभागी हुने आयोजकले जनाएको छ ।

मनहरी गाउँपालिका वडा नं ७ रमौलीस्थित सामुदायिक लजमा हुने प्रशिक्षण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेकपाका सचिवालय सदस्य नवीन सुवेदीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*