सडक भिजिन कार्यालयका इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

तामसालिङ खबर
१८ मंसिर २०७६, बुधबार ०८:४८

कठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्काको बोलपत्र केरमेट गरी सच्याइ सरकारलाई गैरकानूनी हानी नोक्सानी गराएको आरोपमा डिभिजन सडक कार्यालय जनकपुरका डिभिजन प्रमुख दिनेश अर्याल लगायत चार जना विरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरी डिभिजन सडक कार्यालय जनकपुरका तत्कालीन सिडिई अर्यालसहित लेखा अधिकृत जीवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साह विरुद्ध आरोपपत्र दायर गरेको हो ।

ठेक्काको बोलपत्र मूल्याङ्कन समितिमा रही भैरव कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले पेश गरेको बोलपत्रको ‘बिओक्यू’को बुँदा नं २,३ र २.६ को दररेट अङ्क र अक्षरमा सच्याई १९ लाख ५० हजार ४४० थपी सम्झौता गरेको आयोगको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*