साग खेलकुद अन्तर्गत कुस्ती खेल जनकपुरमा हुने

तामसालिङ खबर
१७ मंसिर २०७६, मंगलवार १०:२८

मंसिर १६, जनकपुरधाम – १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत धनुषामा हुने कुस्ती खेलका लागि तयारी पूरा भएको छ । प्रतियोगिताका लागि जनकपुरधाम उपमहानगरपालिका १३ स्थित कभर्ड हललाई रंगरोगन गरी झकिझकाउ पारिएको छ ।

साग अन्तर्गत जनकपुरमा हुने कुस्ती प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको धनुषा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल किशोर चौधरीले बताउनु भयो । कभर्ड हल मर्मत र रंगरोगन संगै हल भित्रको शौचालय, प्यारापिट, भिआइपी कक्ष समेत सजाइएको छ ।

धनुषामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने भएपछि खेलकुद विकास समितिका पदाधिकारी र प्रशिक्षक दिनरात खटिरहेका छन् । कुस्ती खेलमा पुरुषतर्फ १० र महिलातर्फ १० गरी कुल २० स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुन्छ । २० स्वर्ण पदकको लागि पाँच राष्ट्रका ५५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

सबैभन्दा बढी बंगलादेशबाट पुरुषतर्फ १० र महिलातर्फ १० गरी २० जना खेलाडी सहभागी हुन लागेको हो । पाकिस्तानले पुरुषतर्फ मात्रै सहभागी जनाउन लागेको हो । पाकिस्तानले सात जना पुरुष खेलाडीलाई सहभागी गराउन लागेका अध्यक्ष चौधरीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*