चलचित्र ‘सुर्य किरण’ को फस्टलुक सार्बजनिक

तामसालिङ खबर
१२ मंसिर २०७६, बिहीबार २१:२८

मंसिर १२, हेटौडा – नेपाली कथानक चलचित्र ‘सुर्य किरण’ को फस्टलुक सार्बजनिक गरेको छ । तामाङ चलचित्र क्षेत्रको सदाबहार नायकको रुपमा परिचित अमीर दोङको डेब्यु निर्देशनमा रहेको चलचित्र सूर्यकिरण यही मंसिर २७ गते देखि देशभर प्रदर्शन हुने तयारी भएको छ ।

चलचित्रमा नायक सबिन श्रेष्ठ, नेपाली चलचित्रमा डेब्यु गरेको नायिका मेलिना प्रजा, संगै रन्जित तामाङ, कुइसाङ रुम्बा, मन्जु श्रेष्ठ, भुइसाल लामा, नोर्साङ दोङ लगायतको मुख्य अभिनय रहेको छ । त्यस्तै नायिका केकी अधिकारी र नायक तथा निर्देशक अमिर दोङको अतिथि अभिनय रहेको छ ।

अमृत चेपाङको निर्माणमा बनेको चलचित्रमा रितुराज पाख्रिनले कथा तथा पटकथा लेखेको छ भने छायाँकन विक्रम लामा र अभिषेक माझीले गरेका छन् । कोरियोग्राफी र दृश्य सम्पादन अजय स्याङ्तानले गरेको छ । फिल्ममा द्वन्द राजु तामाङको रहेको  छ ।

ट्रेलर हेर्नुहोस –

भिडियो गीत हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*