प्रदेश नं. ३ चेपाङ सघको अध्यक्षमा खुसीलाल चेपाङ निर्बाचित

तामसालिङ खबर
९ मंसिर २०७६, सोमबार ०९:०८

मंसिर ८, चितवन – नेपाल चेपाङ संघ प्रदेश नं ३ को पहिलो अधिबेशनले अध्यक्षमा खुसीलाल चेपाङ निर्बाचित भएका छन् । चितवनको भरतपुरमा भएको पहिलो अधिबेशनमा प्रत्यासी बिनोदकुमार चेपाङलाई १७ मतले पराजित गर्दै खुसीलाल अध्यक्षमा निर्बाचितभएको हो ।

खुसीलालले ९४ मत प्राप्त भएका थिए भने प्रत्यासी बिनोदले ७७ मत प्राप्त गर्नु भएको थियो । उपाध्यक्षमा खुसीलाल चेपाङको प्यानलकै पूर्णिमाया चेपाङ (धादिङ), सचिवमा लक्ष्मण चेपाङ (चितवन) कोषाध्यक्षमा उद्धव चेपाङ (धादिङ) र सहसचिवमा सिंगलाल चेपाङ (मकवानपुर) बिजयी भएको छ ।

४ जना महिला सदस्यहरु निर्विरोध भएको कार्यसमिति १७ जनाको निर्माण भएको छ । संघको पहिलो अधिवेसनमा प्रदेश नं ३ का आन्तरिक तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले ढ्यांग्रो बजाएर उदघाटन गर्नु भएको थियो ।

सोही अबसरमा गोरखापत्र समाचारदाता शिवकुमार काशी, शालिग्राम नेपाल र कान्तिपुरका पत्रकार रमेशकुमार पौडेललाई सम्मान समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*